stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

विदेशी कम्पनीको सर्‍यो उडान तालिका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यात्रु अभाव र मौसमका कारण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका विदेशी हवाई कम्पनीले उडान तालिका सारेका छन् ।

विभिन्न गन्तव्यबाट भैरहवामा उडान भर्दै आएका कतार एयरवेज, फ्लाई दुबई, थाई एयर, एयर एसिया, जजिरा एयरवेजले उडान रोकेपछि हाल नेपाल वायुसेवा निगमले मात्रै सातामा चार दिन उडान भर्दै आएको छ ।

विमानस्थलका प्रवक्ता दीपक वज्राचार्यले भन्नुभयो, “बाक्लो हुस्सुका कारण जहाज उडान अवतरणका लागि आवश्यक दृश्य क्षमता (भिजिबिलिटी) नपुगेपछि विदेशी हवाई कम्पनीले उडान तालिका सारेका हुन् ।

फ्लाई दुबईले पुस २९ गतेदेखि, थाई एयर एसियाले माघ १३ देखि र जजिराले माघ १८ गतेदेखि पुनः उडान सुरु गर्ने तयारी गरेका छन् । निगमले हाल सातामा चार वटा उडान जारी राखेको छ भने कतार एयरवेजले उडान गर्ने नगर्नेबारे खबर गरेको छैन ।”

भैरहवामा उडान भर्दै आएका हवाई कम्पनीमध्ये कतार एयरवेजको अनुमति मङ्सिर १५ मै सकिएको र अन्य कम्पनीको उडान अनुमति चैत १८ सम्म रहेको जानकारी उहाँले दिनुभयो ।

हिउँदे उडान तालिका अनुसार भैरहवामा नियमित उडान गर्न तयार कतार एयरवेजबाहेकका अन्य तीन हवाई कम्पनीको अनुमति प्राधिकरणले स्वीकृत गरिसकेको छ ।

प्राधिकरणले उडान समय परिर्वतन गराएर भए पनि भैरहवामा उडानलाई निरन्तरता गराउन खोजे पनि हवाई कम्पनीले यात्रुको अभावकाबिच घाटा बेहोर्न थालेपछि उडान रोकेका हुन् ।

मौसमका कारण भैरहवामा जहाज अवतरण हुन नसकेपछि आकाशमै होल्ड हुने, जहाज काठमाडौँ डाइभर्ट र उडान खर्चसमेत बढ्ने अवस्था आएपछि हवाई कम्पनी उडान रोक्न बाध्य भएका हुन् ।

भैरहवामा उडान अवतरणका लागि १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ तर हाल त्यहाँ मुस्किलले एक हजार मिटर मात्रै भिजिबिलिटी हुने गरेकाले प्राधिकरणले उक्त समस्या समाधानका लागि एमआरपी एआर जडानको प्रक्रिया अगाडि बढाएको हो ।

भैरहवामा भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानपछि आगामी माघ १० गतेदेखि एक हजार मिटर भिजिबिलिटीमै उडान अवतरण गर्न सकिने प्राधिकरणको दाबी छ ।

 

prabhu mahalaxmi
kumari