नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज मंसिर २४ गते बस्दै
लाभांश प्रस्ताव पेश हुँदै
काठमाडौं । नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज मंसिर २४ गते बस्दैछ । साधारण सभाले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभामा बोनस सेयर विरण पश्चात कायम पुँजीबाट ७ लाख ६५ हजार ३७७.६४ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।
साधारण सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ ।
आर्थिक वर्ष २०८०.८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह माथि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८१.८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १८ गतेबाट २४ गतेसम्म बुक क्लोज गरेको छ । तसर्थ, मंसिर १७ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र सभामा भाग लिन पाउने छन् । साधारण सभा अरनिको पार्टी प्यालेस, बनेपा–५, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।