sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आईएमईको वार्षिक ७८ करोड रुपैयाँ आम्दानी  

प्रोफिट मार्जिन ४५ प्रतिशत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशकै ठूलो रेमिट्यान्स कम्पनी आईएमईले १ वर्षमा साढे ७८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले पछिल्लो ५ वर्षमै सबैभन्दा कम आम्दानी गरेको हो ।

सन् २०२४ मा आईएमईको नाफा मार्जिन ४४.९ प्रतिशत छ । सन् २०२४ को आम्दानी सन् २०२३ को भन्दा ३।२ प्रतिशत कम हो । आईएमईले गत वर्ष ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो भने नाफा मार्जिन ३५ प्रतिशत थियो ।

एक वर्षको अवधिमा खर्च घटेर नाफाको मार्जिन बढेको भएपनि रेमिट्यान्सको कमिसन घट्दा आम्दानीमा कमी आएको हो ।

सन् २०२० मा ९३ करोड आम्दानी गरेको आईएमईको नाफा मार्जिन ३६ प्रतिशत, सन् २०२१ मा ७९ करोडको आम्दानी गरेकामा नाफा मार्जिन ४९ प्रतिशत र सन् २०२२ मा सर्वाधिक ९७ करोड आम्दानी गरेकामा नाफा मार्जिन पनि सर्वाधिक ५१ प्रतिशत थियो ।

नाफा मार्जिन भन्नाले कर, ब्याजदर र डिप्रिसिएसन अघिको सञ्चालन नाफा भन्ने बुझिन्छ । वार्षिक ७९ करोड आम्दानी गर्ने कम्पनीले बैंकबाट लिएको ऋण भने नगन्य छ ।

आईएमई देशका अर्बपति व्यवसायी चन्द्रप्रसाद ढकाल र उनका भाइ हेमराज ढकालको बहुमत लगानी रहेको रेमिट्यान्स कम्पनी हो । जसका दाजु ढकालको ३३।३ प्रतिशत र भाइको पनि समान स्वामित्व छ ।

आईएमई ग्रुप अन्तर्गत रहेको यो कम्पनी सन् २००१ मा स्थापना भएको हो । त्यसयता सन् २०१४ मा आईएमई पब्लिक कम्पनी बनिसकेको छ ।

आईएमईको २० भन्दा बढी विदेशी मनि ट्रान्स्फर अपरेटरसँग सहकार्य छ । आईएमईमार्फत् विदेशबाट पठाएको रकम ३० हजारभन्दा बढी आन्तरिक एजेन्टबाट प्राप्त गर्न सकिन्छ ।

आईएमईले अर्को रेमिट्यान्स कम्पनी जीएमईलाई प्राप्ति गरी गत साउन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ ।

आम्दानी निरन्तर घट्न थालेको स्थितिमा जीएमईलाई गरेको प्राप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस्तै कम्पनीले आईएमई पे सञ्चालन गर्ने आईएमई डिजिटल सोलुसन्समा आईएमईको लगानीले पनि कम्पनीको आम्दानी बढाउने अपेक्षा छ ।

आम्दानीको निरन्तर घट्दो प्रवृत्तिले रेमिट्यान्स बिजनेसमा नयाँ प्रतिस्पर्धीको आगमन र बैंकिङ च्यानलको बढ्दो पहुँचका कारण कमिसनका दर घटेको देखाउँछ । साथै नेपाल राष्ट्र बैंकले घरेलु रेमिट्यान्स  सेवामा  लागू गरेका नियामक प्रतिबन्धले सन् २०२३ पछि आईएमईको आम्दानी घटाएको हो ।

यता पछिल्लो समय आईएमईको बजार हिस्सा निरन्तर खस्किएको छ । जुन चिन्ताको विषय हो । तथापि, प्रमुख आम्दानीको स्रोतको रूपमा रहेको रेमिट्यान्सको कमिसन आम्दानी घट्नु अर्को चिन्ताको विषय हो । जीएमईको प्राप्तिपछि आईएमईको बिजनेस कुन दरले बढ्नेछ भन्ने हेर्ने बाँकी विषय हो ।

यता आईएमईको आम्दानी विनिमय दरमा हुने लाभमा निर्भर छ । कम्पनीले विदेशी मुद्रा ह्यान्डल गर्ने भएकाले विनिमय दर बढ्दा कम्पनीको आम्दानी पनि बढ्छ । आईएमईको बिजनेस विदेशी मुद्रासम्बन्धि नियमनले निकै प्रभावि पार्दछ ।

आईएमईले बैंकबाट लिएको कर्जाको आकार समेत निकै कम भएका कारण कम्पनीको वित्तीय स्थिति सहज अवस्थामा छ ।

अनुभवी संस्थापक र व्यवस्थापन टिम, बलियो पुँजीकरण प्रोफाइल र स्वस्थकर मार्जिन तथा फस्टाउँदो रेमिट्यान्स क्षेत्र आईएमईको बिजनेस थप सबल हुने केही आधार हुन् ।

तर, आम्दानीमा निरन्तर गिरावट र घट्दो हिस्सा, मध्यमस्तरको लिक्विडिटी प्रोफाइल र नियामकीय जोखिम कम्पनीका लागि चुनौतीका विषय हुन् ।

देशमा ४ दर्जनभन्दा बढी रेमिट्यान्स कम्पनी छन् । सन् २०२३ देखि नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा प्रतिबन्ध लगाएपछि कम्पनीको आम्दानी निकै घटेको छ ।

सन् २०२२ मा कम्पनीको आम्दानीको २३ प्रतिशत हिस्सा आन्तरिक रेमिट्यान्सको शुल्क रहेको थियो । यता रेमिट्यान्समा आईएमईको बजार हिस्सा सन् २०२० को २४ प्रतिशतबाट सन् २०२४ मा १७ प्रतिशतमा झरेको छ ।

यस्तो स्थितिमा आईएमईले निकट भविष्यमै आईपीओ जारी गर्न लागेको छ । आईएमईले २०८० असार २९ गते आईपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल हो । आईपीओ निष्काशनका लागि कम्पनीले नेगेटिभ इम्प्लिकेसनसहितको ए रेटिङ इस्युअर पाएको छ ।

prabhu bank
nawakantipur long