नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज सोमबार मंसिर १८ गते नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंसिर १८ गतेदेखी बुक क्लोज गर्दैछ ।
तसर्थ, आज मंसिर १७ गतेसम्म कायम सेयरधनीले लघुवित्त कम्पनीले प्रस्ताव गरेको लाभांश र सभामा भाग लिन पाउनेछन् ।
गत वर्षको नाफाबाट यस लघुवित्त कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
साधारण सभामा बोनस सेयर विरण पश्चात कायम पुँजीबाट ७ लाख ६५ हजार ३७७.६४ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
साधारण सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ ।
साधारण सभामा आर्थिक वर्ष २०८०\८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
लघुवित्त कम्पनीले मंसिर २४ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा अरनिको पार्टी प्यालेस, बनेपा–५, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।