आशा लघुवित्त वित्तीय संस्थाको ५ करोड ३४ लाख रुपैयाँ नोक्सानमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा वित्तीय संस्था ५ करोड ३४ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।
गत वर्षको यसै अवधिमा कम्पनी २ करोड ६४ लाख रुपैयाँ नोक्सानमा थियो । यस अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज र खर्च बढ्दा नोक्सानी झनै बढेको हो।
लघुवित्तले इम्पेयरमेन्ट चार्ज बापत ८ करोड ५५ लाख रुपैयाँ छुट्याएको छ । लघुवित्तको निष्क्रिय कर्जा ४.९६ प्रतिशत रहेको छ ।
नोक्सान बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी पनि ३३ रुपैयाँ ३० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १५७ रुपैयाँ ९७ पैसा छ ।
६४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ५१ लाख रुपैयाँ सञ्चित छ ।



























