citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

यूनाइटेड अजोड इन्स्योरेन्सको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीको अधिकांश सूचक गिरावट देखिएको छ ।

यस इन्स्योरेन्स कम्पनी पहिलो त्रैमासमा १ करोड ८१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा इन्स्योरेन्स कम्पनीको शेयर पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा ९८ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

रिटेन्ड अर्निङमा ११ करोड ३२ लाख रहेको छ । अन्य इक्विटीमा ४७ करोड २८ लाख रहेको छ । महाविपत्ती कोषमा ४ करोड ३२ लाख रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले ५८ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले ६३ करोड २९ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन घटेको हो ।

समीक्षा वर्षमा इन्स्योरेन्स कम्पनीले १९ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले २३ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३८ करोड ७५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३९ करोड ७६ लाख रुपैयाँ खर्चिएको थियो ।

समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ७४ लाख ६ हजार रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ५४ लाख ६४ हजार खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ४६ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ १० पैसा रहेको छ। कम्पनीको सोल्भेन्सी रेसियो २ दशलमव १९ प्रतिशत रहेको छ ।

gold
himalayan life insurance long ad