गुराँस लघुवित्तको असोज २९ गते वार्षिक साधारण सभा
काठमाडौं । गुराँस लघुवित्तको असोज २९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १६ गते बुक क्लोज गरिसकेको छ ।
यसर्थ, असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । साधारण सभा, होटल कान्जिरोवा, धनकुटामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।