stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा कात्तिक १४ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २७ औं वार्षिक साधारण सभा कात्तिक १४ गते बोलाएको छ । कम्पनीको असोज २२ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको थियो ।

साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रियाका लागि र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन,लेखापरीक्षक र वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरूमाथि छलफल गर्ने तथा २ जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सोका आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

साधारण सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहानको ११ बजे सभा बस्ने भएको छ ।

prabhu mahalaxmi
kumari