stcnepal long ad
national life

साधना लघुवित्तको आईपीओ आजबाट सुरु

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले प्रति कित्ता एक सयको दरले ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर आईपीओ आजबाट असार २१ गते देखि  निस्काशन गर्दै छ ।

उक्त ७ लाख ७ हजार ८०० कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् १०,८९० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात ३५ हजार ३ सय ९० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ।

अब सर्वसाधारणहरुलाई ६ लाख ६१ हजार ५२० कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

आईपीओ असार २१ गते देखि असार २४ गते सम्म खुल्ने छ । असार २४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदी असार २४ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा श्रावण ४ गते सम्म समय थपिने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ७० लाख रहेको र ७ करोड ७ लाख ८० हजार बराबरको साधारणशेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार लाख हुन्छ ।

gold
kumari bank
kumari
nawakantipur long