citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

छिमेक लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी घट्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । छिमेक लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा खुद नाफा २६.९० प्रतिशतले घटेर ६४ करोड ३७ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ८८ करोड ६ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

१ वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा पनि घटेको हो । खुद ब्याज आम्दानी २.८५ प्रतिशतले घटेर २ अर्ब ५ करोड ६६ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष यसैअवधिमा यसले २ अर्ब ३९ करोड ३८ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा २७.३७ प्रतिशतले घटेर ९० करोड ४१ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५८ पैसाले घटेर २८ रुपैयाँ ८३ पैसामा सीमित भएको छ ।

अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४१ पैसा थियो । प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ३० पैसा छ । चुक्ता पुँजी २ अर्ब ९७ करोड ७१ लाख १२ हजार रुपैयाँ छ ।

 

gold
himalayan life insurance long ad