sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सन नेपाल लाइफ इन्स्योरेन्सको जेठ ९ गते वार्षिक साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७% (१ः०.२७ अनुपात) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि बिहीबार वैशाख २७ गते बुक क्लोज गरेको छ । वैशाख २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

साधारण सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

gold
prabhu bank
nawakantipur long