citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेसनल लघुवित्त वित्तीय संस्था एनसीएचएलमा आबद्ध

अब डिजिटल माध्यममार्फत कारोबार हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले अब नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का भुक्तानी प्रणालीहरूमार्फत आफ्नो कारोबार गर्ने भएको छ । यस सम्बन्धमा हालै यी दुई संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेसनल लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

अब नेसनल लघुवित्तले आफ्नो आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस ९एनपीआई० सँग जोडी विभिन्न भुक्तानी कारोबार प्रयोग गर्नेछ ।

यस अन्तर्गत नेसनल लघुवित्तले एनसीएचएल आईपीएस र आरपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरू तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछ ।

himalayan life insurance
igi long