आशा लघुवित्त वित्तीय संस्थाको साधारणसभा जेठ ९ गते
कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको व्यवस्था भने गरेको छैन ।
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा जेठ ९ गते तय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको व्यवस्था भने गरेको छैन ।
कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले जेठ ९ गते काभ्रेपलान्चोकको बनेपास्थित होटल उग्रचण्डीमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।
कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २४ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख २३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।