citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साना किसान लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं  । साना किसान लघुवित्त वित्तीय संस्था  लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

सोमबार एक सूचना प्रकाशन गरेर साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्री राखिएको जनाएको छ ।

यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकहरूले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ३३० रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार बोलकबोल पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने छ ।

आगामी वैशाख २३ गतेसम्म बोलपत्र पेस गर्न सकिने छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटलको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू झापा, इटहरी, बर्दिवास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरिया शाखा कार्यालयमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

himalayan life insurance
igi long