नेपाल इटाली चेम्बर अफ कमर्सको १० औँ साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) को १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा नवनियुक्त सदस्यलाई स्वागत र सम्मान गर्नुका साथै एनआईसीसीआईको नेपाल र इटालीबीचको व्यापार, लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यप्रति उनीहरुको सदस्यता प्रमाणपत्र प्रदान गरिएको छ ।
चेम्बर द्विपक्षीय सम्बन्धलाई थप बलियो पार्न र दुवै देशको आर्थिक समृद्धिमा सहयोग पु¥याउन नयाँ पहल थाल्ने तयारीमा रहेको छ । कार्यक्रममा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठित व्यक्तिको सहभागीता रहेको थियो ।
नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपालका महावाणिज्य दुत प्रतिमा राणा पाण्डे लगायत एनआईसीसीआईका अन्य प्रमुख व्यक्तिलाई चेम्बरको उद्देश्यप्रति उनीहरुको अटल प्रतिवद्धताको लागि सम्मान गरिएको छ । द्विपक्षीय व्यापार सम्बन्धको विकासमा अमूल्य योगदान गर्ने व्यक्तिलाई कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको छ ।
एनआईसीसीआईका अध्यक्ष अग्रवालले सबै सदस्यले गरेको साथ सहयोग र समर्पणको लागि धन्यवाद दिएका छन् । उनले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्ध र आर्थिक विकासलाई उत्प्रेरित गर्न एनआईसीसीआईको प्रतिवद्धता रहिरहने बताएका छन् ।