stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सपोर्ट लघुवित्तको नाफा बढ्यो 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सपोर्ट लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २४६.९३ प्रतिशतले बढेर ८६ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २४ लाख ९१ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले यसको खुद नाफा बढेको हो ।सञ्चालन नाफा ११३.८३ प्रतिशतले बढेर ७२ लाख ०४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३३ लाख ६९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । खराब कर्जा १.९९ प्रतिशतले घटेर १.५४ प्रतिशतमा आएको छ ।

यता, खुद ब्याज आम्दानी भने ५.३९ प्रतिशतले घटेर २ करोड ९३ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा छ ।

prabhu mahalaxmi
kumari