कराँची एयरपोर्टमा चोरी पकेटिङका घटना बढेका छन

जिन्न इन्टरनेशनल एयरपोर्ट कराँची, पहिले कराँची सिभिल एयरपोर्ट भनेर चिनिन्थ्यो, चोरी र पकेटिङका घटनाहरुमा वृद्धि भएको छ । स्रोतले द न्युज इन्टरनेशनल रिपोर्ट गरे ।
जिन्न इन्टरनेशनल एयरपोर्ट कराँची, पहिले कराँची सिभिल एयरपोर्ट भनेर चिनिन्थ्यो, चोरी र पकेटिङका घटनाहरुमा वृद्धि भएको छ, स्रोतले द न्युज इन्टरनेशनल रिपोर्ट गरे ।
स्रोतका अनुसार लाउन्ज वेटिंग एरिया र कार पार्किङमा उपस्थित यात्रु र आगन्तुकहरुले आफ्नो सामान हराएको जानकारी दिनु भएको छ , द न्युज इन्टरनेशनल रिपोर्ट गरेको छ ।
कराँची एयरपोर्टमा मिठाई र अन्य खानेकुरा दिएर चोरीको घटना पनि मानिसहरुले देखेका छन, तर अहिलेसम्म कोही पक्राउ परेका छैनन ।
द न्यूज इन्टरनेशनल पाकिस्तानको सबैभन्दा ठुलो अंग्रेजी भाषाको अखबार हो । यो कराँची, लाहोर र रावलपिंडी÷ इस्लामाबादबाट दैनिक प्रकाशित हुन्छ ।
तर चेतना जगाउन विमानस्थलमा यात्रु र आगन्तुकलाई सचेत गराउन विभिन्न पोस्टर टाँसिएका छन । द न्युज इन्टरनेशनलका अनुसार पाकिस्तान नागरिक उड्डयन प्राधिकरण (CAA) ले आगन्तुकहरु र यात्रुहरुलाई उनीहरुको सामान ख्याल राख्न सतर्क गराउन यी ब्यानरहरु राखेका छन ।
ब्यानरमा लेखिएको छ, “पकेटमारहरुबाट सावधान रहनुहोस । आफ्नो सामानको ख्याल राख्नुहोस ।” तर, पछि प्राधिकरणले ट्टिटरमा आलोचना गरिरहेकाले ब्यानरहरु हटाइएको जानकारी दियो ।
ट्टिटर प्रयोगकर्ताहरुले भने त्यस्ता ब्यानरहरुले जिन्न अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा खराब परिचय प्रदान गरेको छ । द न्युज इन्टरनेशनले रिपोर्ट गरेको छ ।