citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कात्तिक २१ देखि उन्नति सहकार्य लघुवित्तको एफपीओ आउने

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कात्तिक २१ गतेदेखि उन्नति सहकार्य लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो ।

यस कम्पनीले  प्रतिकित्ता  १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४% प्रतिशत र सर्वसाधारणको २४.५% प्रतिशत कायम भएको थियो ।

उक्त पुँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।यसमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

क्रेडिट रेटिङ संस्था केयर नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जानाउने ‘केयर एनपी इस्यूअर रेटिङ बी प्लस’ रेटिङ प्रदान गरेको छ । केयर नेपालले २०८० असार ५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार ४ गतेसम्म बाहल रहनेछ ।

himalayan life insurance
igi long