बजारमा आज सुन चाँदीको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ ।
यससँगै आज सुनको भाउ तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १ सय रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४८ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।





























