stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आइजीआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न

५ प्रतिशत नगद लाभांश पारित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको अठ्ठाईसौं वार्षिक साधारणसभा आज पुस २४ गते बिहीबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ।

उक्त साधारणसभाले सञ्चालक समितिले यसअघि नै प्रस्ताव गरे बमोजिम आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ।

त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीआ आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।

prabhu mahalaxmi
kumari bank
kumari