stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

औषधी न्यून गुणस्तर भएकाले बजारबाट फिर्ता गर्न निर्देशन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । औषधी व्यवस्था विभागले म्याग्नस फर्माले उत्पादन गरेको औषधी न्यून गुणस्तर भएकाले बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले म्याग्नस फर्माले उत्पादन गरेको औषधी ‘लेभोफ्क्स ५००’ ट्याब्लेट (एन्टिबायोटिक) औषधी फिर्ता गर्न सूचना जारी गरेको जानकारी दिनुभयो । उहाँले उक्त कम्पनीको ब्याच नम्बर ‘बिबी २४००१’ को औषधी बजारबाट फिर्ता गर्न निर्देशन दिएको बताउनुभयो ।

उक्त औषधी ब्याक्टेरिया सङ्क्रमण रोक्न प्रयोग गरिन्छ । विभागले उक्त ब्याच नम्बर उल्लेख भएका औषधीको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउनुहुन सबैलाई अनुरोध गरेको छ ।

राष्ट्रिय औषधी प्रयोगशालाबाट बजारीकृत औषधीको नमुना सङ्कलन गरी परीक्षण गर्दा म्याग्नस उत्पादकबाट उत्पादित ‘बिबी २४००१’ ब्याच नम्बरको औषधी न्यून गुणस्तर भएको पाइएकाले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गर्न निर्देशन दिएको हो ।

उहाँले उक्त औषधी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको वितरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई निर्देशन दिएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari