stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

तस्करीको चिनीले स्वदेशीको बिक्री घट्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पहिले भन्सार महसुल घटाउनुपर्ने माग राखेका चिनी उद्योगीले अहिले फेरि बढाउनुपर्ने माग राखेका छन् । तस्करीबाट आएको चिनीले बजारमा स्वदेशी चिनी बिक्री हुन छोडेको भन्दै भन्सार महसुल बढाउन चिनी उद्योगीले सरकारसमक्ष माग गरेका हुन् ।

नेपाल चिनी उद्योग सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर स्वदेशी चिनी उद्योगलाई धराशायी हुनबाट जोगाउन तत्काल चिनी आयातमा लाग्दै आएको भन्सार महसुल बढाउन माग गरेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐनमार्फत चिनीको आयातमा साबिकमा कायम रहेको ३० प्रतिशत भन्सार महसुलबाट घटाएर १५ प्रतिशत कायम गरिएको थियो ।

सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले चिनी आयातमा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा बढाएर २५ प्रतिशत पु¥याउनुपर्ने बताउनुभयो ।

“तस्करीबाट ठुलो परिमाणमा चिनी आयात हुँदा स्वदेशी चिनी बिक्री नभई कारखानामा थन्किएको छ,” उहाँले भन्नुभयो, “चिनी कारखानालाई जोगाउनका लागि आयातमा भन्सार महसुल बढाउनुका साथै तस्करी नियन्त्रणमा जोड दिनु पर्छ ।”

खुला सिमानाबाट भइरहेको अवैध तस्करी र न्यून भन्सार दरका कारण स्वदेशी चिनीले बजार नपाउँदा उद्योगहरू सङ्कटमा परेको उहाँको भनाइ छ ।

नयाँ उखु क्रसिङ सिजन सुरु भइसक्दा पनि उद्योगहरूसँग अझै ३० हजार मेट्रिक टन चिनी मौज्दात रहेको उहाँको भनाइ छ । सङ्घका अनुसार ५० हजार मेट्रिक टन चिनी अवैध बाटोबाट भित्रिएकाले आयातित चिनीसँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको उद्योगीको भनाइ छ ।

इन्दुशङ्कर चिनी उद्योगका सञ्चालक विमल केडियाले चिनी बिक्री नभए किसानलाई उखुको भुक्तानी दिन नसकिने बताउनुभयो । सङ्घका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख ८२ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा अझै ठुलो परिमाणमा गोदाममै थन्किएको छ ।

यस वर्ष दुई लाख २७ हजार मेट्रिक टन चिनी उत्पादन हुने प्रक्षेपण गरिएको छ । मुलुकमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग छ । समयमै चिनीको बिक्री व्यवस्थापन नभए ६० अर्बको लगानी जोखिममा पर्ने र आश्रित एक लाख १५ हजार किसान तथा ३० हजार कामदार प्रत्यक्ष प्रभावित हुने सङ्घको भनाइ छ ।

यो वर्ष उखुको क्रसिङ सिजन सुरु भइसकेकाले दुई लाख ४५ हजार क्विन्टल उखु क्रसिङ गरी दुई लाख २७ हजार ५८० मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ । चिनीमा कायम भन्सार महसुलमा ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरिएको थियो ।

आव २०७३/७४ मा सरकारले चिनी आयातमा भन्सार महसुल घटाउँदा ठुलो परिमाणमा चिनी भारत र पाकिस्तानबाट आयातित भएका कारण स्वदेशी उत्पादन समयमा नै बिक्री हुन नसकी ठुलो परिमाणमा चिनी उद्योगमा मौज्दात रहेका कारण समयमा नै कृषकलाई भुक्तानी गर्न नसक्दा केही चिनी उद्योग बन्द भएका थिए ।

१५ वटा चिनी कारखाना रहेकामा हाल १२ वटा सञ्चालनमा छन् । एउटा चिनी उद्योगमा चार अर्ब रुपियाँ लगानी रहेको छ । सङ्घका मुलुकमा पछिल्लो समय वार्षिक १२ देखि १५ प्रतिशत चिनीको उत्पादन बढ्दै गएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari