stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एमाले सचिवालय बैठक आज मंगलबार विहान ९ बजे बस्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनबारे छलफल हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार आज मङ्गलबार बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बस्ने सचिवालय बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी लगायत समग्र समसामयिक विषयमा छलफल हुनेछ।

उहाँले भन्नुभयो, “सचिवालय बैठक भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ । राष्ट्रियसभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन लगायत समग्र समसामयिक विषयमा छलफल हुन्छ।”

prabhu mahalaxmi
kumari bank
kumari