stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

चाँदीको मूल्य एक वर्षमै दोब्बर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य समेत निरन्तर उकालो लाग्दै गएको छ । अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार २०८१ मङ्सिर अन्तिम साता तोलामा एक हजार ९२५ रुपियाँ रहेको चाँदीको मूल्य बढेर अहिले तीन हजार ९०५ पुगेको छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यका अनुसार औद्योगिक क्षेत्रमा चाँदीको खपत बढेकाले मूल्य बढ्न गएको हो । उहाँका अनुसार चाँदी विशेष गरी औद्योगिक क्षेत्रमा विद्युतीय कार, मेडिकल उपकरणमा र सोलार बनाउन प्रयोग हुने गर्छ ।

पछिल्लो समय सुनसँगै चाँदी पनि लगानीकर्ताले सञ्चित गर्न थालेकाले पनि मूल्य बढ्न थालेको उहाँको भनाइ छ । महासङ्घका अनुसार पछिल्लो एक महिनामा चाँदीको मूल्य प्रतितोला ७५० रुपियाँले बढेको छ । मङ्सिर पहिलो साता प्रतितोला तीन हजार १५५ रुपियाँ रहेको चाँदीको मूल्य बढेर तीन हजार ९०५ पुगेको छ ।

निरन्तर चाँदीको मूल्य बढ्दा उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । सबैभन्दा धेरै चाँदी खपत छिमेकी मुलुक भारतमा हुने गर्छ । निरन्तर मूल्य बढ्दै गए पनि बजारमा चाँदीको माग नबढेको व्यवसायीको भनाइ छ ।

तिहारको धनतेरसमा चाँदीका सामानको खपत हुने हुने गर्छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा २० करोड १४ लाख रुपियाँ बराबरको एक हजार किलो चाँदी आयात भएको छ । चार महिनामा नेपालबाट सात करोड ५९ लाख २४ हजार रुपियाँ बराबरको चाँदीका सामान निर्यात भएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari