stcnepal long ad
nabil bank
macchha(MBL)

आईएमई लाइफका अभिकर्ता रारामा भ्रमण–२०८३’ सुरु

वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाका लागि प्रार्थना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि आयोजना गरेको आन्तरिक पर्यटन प्रवर्द्धनात्मक भ्रमणलाई पवित्र अभियानका रूपमा स्थापित गर्दै ‘नयाँ वर्ष शान्ति तथा सद्भाव यात्रा रारा भ्रमण–२०८३’ सुरु गरेको छ।

वर्तमान विश्व परिस्थिति, विशेषगरी मध्यपूर्वमा बढ्दै गएको तनावका बीच त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरूको सुरक्षा तथा विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कम्पनीले उक्त यात्राको आयोजना गरेको जनाएको छ।

कम्पनीका अभिकर्ताहरू यतिबेला मुगुस्थित रारा तालतर्फ प्रस्थान गरेका छन्। यस यात्रालाई केवल भ्रमणमा सीमित नराखी देशका विभिन्न पवित्र धार्मिक स्थलहरूको आस्था, ऊर्जा र प्रतीकात्मकता रारामा समाहित गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख बजार अधिकृत इन्द्रराज सुवेदीका अनुसार विभिन्न प्रदेशका अभिकर्ताहरूले देशका प्रमुख धार्मिक स्थलहरूको प्रसाद, जल तथा पवित्र सामग्री रारा क्षेत्रमा अर्पण गर्ने कार्यक्रम रहेको छ।

यस अन्तर्गत कोशी र मधेश प्रदेशका अभिकर्ताहरूले जनकपुरस्थित जानकी मन्दिरको फूलप्रसाद तथा झापाको प्रसिद्ध अर्जुनधाराको जल लिएर राराको लागि प्रस्थान प्रस्थान गरेका छन्। बागमती प्रदेशका अभिकर्ताहरू पशुपतिनाथ मन्दिरको फूलप्रसाद र देवघाट धामको पवित्र जलसहित सहभागी हुने छन् ।

त्यसैगरी, गण्डकी प्रदेशबाट पोखरास्थित विन्ध्यवासिनी मन्दिरको फूलप्रसाद समावेश गरिएको छ भने, लुम्बिनी प्रदेशबाट शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र माटो रारामा अर्पण गरिनेछ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्समार्फत महत्वपूर्ण योगदान पुर्‍याइरहेका वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति र सुरक्षाको कामना गर्नु नै यस यात्राको मुख्य उद्देश्य हो। विश्वभर शान्ति छाओस् र नेपाली श्रमिकहरू सुरक्षित रहून् भन्ने कामनासहित रारामा विशेष प्रार्थना गरिने कम्पनीले जनाएको छ।

आईएमई लाइफ इन्स्योरेन्सले व्यवसायसँगै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै आएको छ। ‘शान्ति तथा सद्भाव यात्रा’ ले एकातिर आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ भने अर्कोतर्फ विश्वमा बढ्दो अशान्तिका बीच नेपालीहरूको एकता, सद्भाव र शान्तिको सन्देश प्रवाह गर्ने विश्वास कम्पनीले लिएको छ।

prabhu mahalaxmi
kumari