stcnepal long ad
ime life insurance
global ime bank long

इराकमा राष्ट्रसङ्घको २२ वर्षे राजनीतिक मिसन अन्त्यको घोषणा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा गरेका छन्।

इराकको राजधानी बग्दादको अनुरोधमा इराकका लागि संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई) ले सन् २००३ को आक्रमण र कब्जापछि देशको सङ्क्रमणकालमा सहयोग गरेको २२ वर्षपछि आफ्नो अभियान बन्द गर्नेछ।

मिसनको समापन समारोहमा महासचिव गुटेर्रेसले युएनएएमआईले इराकी जनतासँग काँधमा काँध मिलाएर हिँड्न पाएकोमा आभार व्यक्त गरे।

उनले मिसन टुङ्गिए पनि संयुक्त राष्ट्रसङ्घ इराकका जनतासँगै शान्ति, दिगो विकास र मानव अधिकारको मार्गमा अघि बढ्ने बताएका छन्। यद्यपि, इराकमा संयुक्त राष्ट्रसङ्घका सङ्घसंस्था र कार्यक्रमहरू भने जारी रहनेछन्।

इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले विश्वले इराक अब सामान्य देश बनेको कुरा बुझ्नुपर्ने बताए। उनले युएनएएमआईको अन्त्यसँगै संयुक्त राष्ट्रसङ्घ र इराकबीचको सम्बन्ध सामान्य बन्ने धारणा राखेका छन्।

यसैबीच, प्रधानमन्त्री सुडानीले युएनएएमआई सहयोगको अन्त्यलाई ुसहयोगको नयाँ अध्यायु को सुरुवात भएको बताए। उनले संयुक्त राष्ट्रसङ्घसँगको सम्बन्ध इराकको आवश्यकता पूरा गर्न र पूर्ण आत्मनिर्भरताको चरणमा नपुगुञ्जेल सहयोग गर्न निर्णायक र प्रभावकारी रहेको उल्लेख गरे।

युएनएएमआईको स्थापना सन् २००३ को अगस्टमा इराकी सरकारको अनुरोधमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावद्वारा गरिएको थियो। युएनएएमआईको कार्यहरूमा सरकारलाई राजनीतिक संवाद र मेलमिलापमा सल्लाह दिनु, साथै चुनाव र सुरक्षा क्षेत्र सुधारमा सहयोग गर्नु रहेको थियो।

स्मरण रहोस्, सन् २००३ को अगस्ट १९ मा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ट्रक बम विस्फोट हुँदा इराकका लागि संयुक्त राष्ट्रसङ्घका पहिलो विशेष प्रतिनिधि सर्जियो भिएरा डे मेलोसहित २१ जनाको मृत्यु भएको थियो।

prabhu mahalaxmi
kumari