stcnepal long ad
ime life insurance
national life
global ime bank long

जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा: दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिक रुपमा सार्वजनिक गरेको छ। ठूलो स्क्रिन र शक्तिशाली ब्याट्री सहित आएका यी दुवै स्मार्टफोनहरु अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन्।

शक्तिशाली स्मार्टफोन चाहने तर आफ्नो बजेट भन्दा बाहिर जान नचाहने प्रयोगकर्ताहरूको लागि जेडटीई नुबिया ए५६ उपयुक्त छनोट हो । यसमा ६.७५ इन्चको एचडीं स्क्रिन छ, जसले दश्य अनुभवलाई पूर्ण बनाउँछ, साथै ५००० मिलि अम्पियर प्रति घण्टा क्षमताको ब्याट्री भएकोले ढुक्क भएर लामो समयसम्म निरन्तर प्रयोग गर्न सकिन्छ।

यसमा भएको अक्टा(कोर टी७२०० चिपसेटले मल्टिटास्किङ गर्न अत्यन्त सहज हुन्छ। १२ जीबीको र्यामलाई ८ जीबी सम्म भर्चुअल एक्सपाण्ड गर्न सकिन्छ भने १२८जीबीको स्टोरेज भएकोले नुबिया ए५६मा दैनिक आवश्यकताका कामहरू उच्च कार्यसम्पादनको साथ गर्न सकिन्छ।

यस स्मार्टफोनको मूल्य मात्र रु ११,९९९ रहेको छ, र यसमा १८ महिनाको वारेन्टी उपलब्ध छ। जेडटीई नुबिया ए५६ शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ।

साथै जेडटीई नुबिया ए ३६ ले शक्ति र शैलीको सन्तुलन प्रस्तुत गर्दछ। यसमा १२ जीबीको र्याम (८ जीबी भर्चुअल एक्सपाण्ड सहित), ६४ जीबीको स्टोरेज , ६.७५ इन्चको ठूलो एचडीं स्क्रिन र अक्टा(कोर टी७२०० चिपसेट रहेको छ, जसले सहज कार्यसम्पादन सुनिश्चित गर्छ।

५००० मिलिअम्पियर प्रति घण्टा क्षमताको शक्तिशाली ब्याट्रीले अविरल शक्ति प्रदान गर्दछ । यो फोन ५० महिनासम्म ढुक्क भएर चलाउन सकिने कम्पनि ले जानकारी दिएको छ ।

जेडटीई नुबिया ए३६ को मूल्य रु। १०,९९९ राखिएको छ, र यसमा पनि १८ महिने वारेन्टी उपलब्ध छ
तथा शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ।

जेडटीई नुबिया ए५६ र जेडटीई ए३६ को आगमनसँगै ब्रान्डले नेपाली बजारमा आफ्ना प्रस्तावहरू विस्तार गरेको छ, जसले प्रयोगकर्ताहरूलाई प्रमुख सुविधासहित, भरपर्दो कार्यसम्पादन र लामो समयसम्म टिक्ने शक्ति भएका स्मार्टफोनहरू अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएको छ ।

IME Lifesidebar
kumari