stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जूट फेशनले नयाँ ई–कमर्श वेबसाइट शुरु गर्यो,पुरुषहरुको फेसनमा नयाँ आयाम थप्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आधुनिक पुरुषहरुको रोजाइमा एकदमै चाँडै परेको नेपाली ब्राण्ड जुट फेशनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट https://zoot.com.np/ नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर यहि २०८२ असोज ६ गते सार्वजनिक गरेको छ ।

नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकवर्गहरुलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ, जसले जूट फेशनको सिर्जनशीलता र गुणस्तरीय फेसन प्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

२५ देखि ४५ वर्ष उमेर समूहका फेसन प्रेमी पुरुषहरुका लागि लक्षित गरी यो वेबसाइट डिजाइन गरिएको हो । आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ, ग्राहकहरूले सहजै जुट फेसनको शर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अन्य सामानहरू अर्डर गर्न सक्छन् ।

कम्पनीका संस्थापक तथा सिइओ, श्याम रत्न माली भन्नुहुन्छ “फेशन स्टाइल भनेको हामीले के लगाउँछौं भन्ने मात्र होइन, यो त तपाईँ हामीले बोक्ने मूल्यमान्यता र सोचसँग पनि जोडिएको हुन्छ ।

जूट फेशनको यात्रामा हामीले शुरुदेखि नै फेशनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेका छौं र गरिरहेनेछौं ।” नयाँ वेबसाइतको शुरुवात तथा चाडपर्वको अवसरमा, ग्राहकवर्गले ३५५ सम्मको छुटका साथै पहिलो अर्डरमा थप ५% छुट पनि प्राप्त गर्नु हुनेछ ।

prabhu mahalaxmi
kumari