sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

रियलमी र एनसेलको सहकार्यः रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क टक टाइम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर “न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी” नामक विशेष योजना सार्वजनिक गरेको छ ।

टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्य सहित ल्याइएको यो अफर नेपाली ग्राहकको नयाँ वर्षलाई झनै रमाइलो बनाउँदै निकै उपयोगी बन्न सक्ने जनाएको छ ।

यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन् । फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो ।

नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ । जसमा ८ं१२८ जिबिको लागि मूल्य २६ हजार ९९९ र ८ं२५६ जिबिको लागि २९ हजार ९९९ रहेको छ । फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ ।

आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित हुन्छ । वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको यो फोन उपयुक्त रोजाइ हो ।

यो अफर सीमित अवधिका लागि देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुनेछ ।

gold
prabhu bank
nawakantipur long