citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख साठी हजार

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेर तोलामा एक लाख ६० हजार रुपियाँ पुगेको छ । मङ्गलबार प्रतितोला एक लाख ५८ हजार एक सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन तोलामा एक हजार नौ सय रुपियाँले बढेर एक लाख ६० हजार रुपियाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रमले पदभार ग्रहण गरेसँगै आर्थिक नीतिहरु परिवर्तन हुन सक्ने आशङ्कामा मूल्य वृद्धि भएको हुनसक्ने सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार प्रतिऔँस दुई हजार ७२७ डलर रहेको सुनको मूल्य बुधबार बढेर दुई हजार ७५१ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

यसअघि कात्तिक ११ गते एक लाख ७१ हजार रुपियाँ पुगेको सुनको मूल्य सुनमा लाग्दै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झरेको थियो ।

भन्सार महसुल घटाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घट्दै गएपछि गत मङ्सिरमा एक लाख ४७ हजार रुपियाँसम्म झरेको थियो ।

त्यसपछि क्रमिक रूपमा सुनको मूल्य बढ्दै गएको तथ्याङ्कले देखाउँछ । माघ लागेसँगै सुनको मूल्य निरन्तर बढ्दै गएको छ । पुसमा सुनसान रहेको सुनको कारोबार पछिल्लो समय बढ्न थालेको छ ।

यसैबिच बुधबार चाँदीको मूल्य समेत तोलामा २० रुपियाँले बढेर एक हजार ८९५ रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

gold
himalayan life insurance long ad