citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

क्रिसमसको अवसरमा भाटभटेनीमा रोमाञ्चक सरप्राइज पाइने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले क्रिसमसको सिजनमा नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सरप्राइजको अनुभव प्रदान गर्दैछ ।

डिसेम्बर २३ देखि २५ सम्म काठमाडौं उपत्यकाका केही भाटभटेनीहरुमा ग्राहकहरुले सान्ता क्लाउजलाई भेट्ने, सरप्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउने छन्।

‘अजोयफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ डिसेम्बर २३ मा सुरु भएको छ र काठमाडौं उपत्यका भित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ ।

डिसेम्बर २५ मा काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा र बुटवलमा समेत ग्राहकहरुले यसको अनुभव लिन पाउने कम्पनीको भनाइ छ ।

यसमा सहभागीहरूले सान्ता क्लाउजलाई भेट्ने अवसरहरू र विशेष सरप्राइज उपहारहरू प्राप्त गर्न सक्ने छन् । यसबाहेक ग्राहकहरुले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्सहरु आफैं अनुभव गर्न सक्ने छन् ।

नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको यस रमाइलो उत्सवमा सहभागी बन्नका लागि कम्पनीले सबैलाई अनुरोध गरेको छ ।

gold
himalayan life insurance long ad