stcnepal long ad

बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमाले आफ्नो नयाँ वायरलेस इयरबड्स अल्टिमा बूम १८१ एएनसी नेपाली बजारमा उपलब्ध गराएको छ। यसमा एक्टिभ नोइज क्यान्सलेशन, उच्च–गुणस्तरको ध्वनि, र लामो ब्याट्री लाइफजस्ता सुविधाहरू रहेका छन् ।

बूम १८१ एएनसीको मूल्य रु. ३९९९ रहेको छ । सुरुवातमा यो रु. १९९९ मा मात्र २५ डिसेम्बरदेखि विशेष अफरमा उपलब्ध हुनेछ ।

यसमा ३२डीबीसम्मको एक्टिभ नोइज क्यान्सलेशन ९एएनसी० रहेको छ । यसका अन्य विशेषताहरूस्

  •  हाई–फाई साउण्ड क्वालिटीस् १३ एमएम हाई–फिडेलिटी सोनिक ड्राइभर र अल्टिमा सुप्रिम साउण्ड टेक्नोलोजीले स्पष्ट उच्च, सन्तुलित मध्यम, र गहिरो बेस प्रदान गर्दछ।
  • गेम मोडस् ४५एमएस कम लेटेन्सी मोडले लग–फ्री गेमिङ अनुभव प्रदान गर्छ।
  •  ब्याट्री उत्कृष्टता: ४५ घण्टासम्मको कुल प्ले टाइम र एकपटक चार्जमा ६ घण्टा प्ले टाइम। १० मिनेट चार्जमा १२० मिनेट अतिरिक्त प्ले टाइमको लागि थ्रीसी बूस्ट चार्जिङ टेक्नोलोजी।
  •  एआई–पावर्ड क्वाड माइकहरू: एआई क्रिस्टल–क्लियर कल एल्गोरिदमले उच्च–गुणस्तरको कल अनुभव प्रदान गर्दछ।

बूम १८१ एएनसी ले कम्प्याक्ट अन्डाकार बडी र अर्गोफिट डिजाइनसहित आरामदायी र सहज फिट प्रदान गर्छ। आईपीएक्स५ वाटर रेसिस्टेन्ट भएकाले यो कसरत र दैनिक गतिविधिका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।

स्मार्ट फिचरहरूमा सुधार

यस इयरबड्सले टच(एनेबल्ड कन्ट्रोलहरू र एण्ड्रोइड तथा आईओएसका लागि उपलब्ध अल्टिमा लिङ्क एपलाई समर्थन गर्दछ। यसले प्रयोगकर्तालाई सक्षम बनाउँछस्

  •  ईक्यू सेटिङ्स कस्टमाइज गर्न।
  •  आफ्नो डिभाइस पत्ता लगाउन।
  •  ग्राहक सेवा पहुँच गर्न।

ट्रान्सपरेन्सी मोडले इयरबड्स नझिकीकन आफ्नो वरपरको अवस्थिति बुझ्न सजिलो बनाउँछ।

उपलब्धता र रङहरू

बूम १८१ एएनसी कार्बन व्हाइट र कार्बन ब्ल्याक रङहरूमा उपलब्ध छ, जसले स्टाइल र कार्यक्षमता दुवै प्रदान गर्छ। प्याकेजमा इयरबड्स, टाइप(सी केबल, थप इयर टिप्स, ६ महिनाको ब्रान्ड वारेन्टी, र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी समावेश छ।