stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइएमई पे प्रतिष्ठित “डिजिटल सर्भिसेज आइसिटी पुरस्कार २०२४” बाट सम्मानित

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ आइसिटी अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ।

पुष ५ गते शुक्रबार काठमाडौँमा सम्पन्न भएको आइसिटी अवार्ड कार्यक्रममा आइएमई पे डिजिटल सर्भिसेज आइसिटी अवार्ड २०२४ बाट सम्मानित भएको हो ।

आइसिटी अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मानित गर्दछ।

आफ्नो नवीन र प्रयोगकर्ता९मैत्री प्लेटफर्म मार्फत आइएमई पेले डिजिटल भुक्तानी लगायतका विभिन्न वित्तीय सेवाहरू प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको छ।

यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्त्वपूर्ण योगदानलाई सम्मान गरेको छ । ‘डिजिटल सर्भिसेज आइसिटी अवार्ड २०२४ बाट सम्मानित हुन पाउँदा हामी निकै गौरवान्वित भएको छौँ ।

यो पुरस्कार आइएमई पेमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको परिश्रम, समर्पण र हाम्रा साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आइएमई पेको स्थानलाई अझ बलियो बनाउँछ। आइएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देश भरका व्यक्ति र व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको छ।

prabhu mahalaxmi
kumari