citizens life insurance long ad
stcnepal long ad
national life

केन्ट आरओ वाटर प्यूरिफायरको दसैं–तिहार अफर सार्वजनिक

global bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूको आधिकारिक वितरक ईओएल प्रा.लि. सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले विशेष ग्राहक योजना सार्वजनिक गरेको छ ।

केन्ट आरओ वाटर प्यूरिफायरले दसैंतिहारलाई लक्षित गर्दै ‘यो दसैं–तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ नारासहित विशेष अफर सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत केन्टका आरओ वाटर प्यूरिफायरहरू खरिद गर्दा ग्राहकहरूले सीजी ब्राण्डको १.८ लिटर इलेक्ट्रिक केटल उपहार स्वरूप पाउने कम्पनीले जनाएको छ ।

यस योजनाले नेपाली परिवारहरूलाई स्वच्छ र शुद्ध पानी पिउने स्वस्थ जीवनशैलीको महत्त्वलाई प्रोत्साहन गर्ने उद्देश्य कम्पनीले राखेको छ।

केन्टका उत्पादित आरओ प्यूरिफायरहरूले १०० प्रतिशत शुद्ध पानी मात्र प्रदान नगरी आवश्यक खनिज पदार्थहरू पनि कायम राख्छन् ।

यिनीहरूमा रो प्लस युभि प्लस युएफ प्लस टीडीएस टेक्नोलोजीको प्रयोग गरिएको छ जसले पानीलाई पूर्ण रूपमा शुद्ध बनाउँछ।

साथै, प्यूरिफायरमा रहेको यूभी इन ट्याङ्क र डिजिटल प्योयरिटी डिस्प्लेले शुद्धताको गुणस्तरको बारेमा सुनिश्चितता दिन्छ।

यस अफर भदौ २३ गतेदेखि सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ र सम्पूर्ण नेपालभर लागू हुनेछ ।

himalayan life insurance
igi long