stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युक्रेनको जित अमेरिकामा निर्भर: जेलेन्स्की

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको किएभको भ्रमणमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार रुसलाई हराउने युक्रेनको योजना वासिङ्टनको समर्थनमा निर्भर रहेको बताएका छन् ।

“जहाँसम्म जितको योजनाको प्रश्न छ‘ यो धेरैजसो अमेरिका र अन्य साझेदारको समर्थनमा भर पर्दछ”, जेलेन्स्कीले पत्रकार सम्मेलनमा भने ।

उनको यो टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठीक दुई महिनाअघि आएको छ । निर्वाचनमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किए युक्रेनका लागि चुनौतीपूर्ण हुनसक्छ ।

ट्रम्पले निर्वाचन जिते भने युद्ध अन्त्य गर्न रुसलाई क्षेत्रीय सहुलियत प्रदान गर्न किएभलाई दबाब दिन उनले सहायताको फाइदा उठाउने ट्रम्पका सहयोगीहरूले सुझाव दिएका छन् ।

जेलेन्स्कीले नोभेम्बरसम्म युद्ध समाप्त गर्ने योजनाको रूपरेखा तयार गर्ने बताए । उनले रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणले किएभको ताकतको अवस्थाबाट सम्भावित वार्तामा प्रवेश गर्न अनुमति दिएको तर्क दिए ।

युक्रेनले जुनमा स्विट्जरल्यान्डमा ९० भन्दा धेरै मुलुकका नेता र शीर्ष अधिकारीहरूसँग शान्ति शिखर सम्मेलन आयोजना गर्‍यो तर रुसलाई आमन्त्रण गरेको थिएन । त्यसपछि जेलेन्स्कीले आगामी शिखर सम्मेलनमा मस्कोलाई सहभागी गराइनुपर्ने बताएका छन् ।

कुर्स्कमा भएको आक्रमणपछि क्रेमलिनले वार्तालाई अस्वीकार गरेको छ र युक्रेनले युद्धविरामका लागि यस क्षेत्रको ठूलो हिस्सा सुम्पिन माग गरेको छ ।

prabhu mahalaxmi
kumari