citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

अर्ना ब्रान्डको ‘छक्का चौका’ बियर बजारमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ – नेपाली बजारमा चर्चित रहेको अर्ना ब्रान्डले ‘अर्ना चौका छक्का’ सार्वजनिक गरेको छ। यती ब्रुअरी लिमिटेडद्वारा सोमबार अर्ना छक्का चौका ९६।४० सार्वजनिक गरिएको हो।

यसमा ६.४ प्रतिशत अल्कोहलको मात्रा रहेको छ। ‘छक्का चौका भनेको ६.४ प्रतिशत अल्कोहल हो,’ यती ब्रुअरी लिमिटेडका महाप्रबन्धक अरुन केसीले भने, ‘विषेश थप चाहिँ क्रिकेटको लागि समर्पित गरेर हामिले निकालेको हो। त्यसले गर्दा मानिसहरुमाझ छक्का चौका भनेर पपुलर भएको छ।’

बजारमा खेलसंँग जोडेर निकालिएको यस ब्रान्डले क्रिकेटका पारखीहरुको मन जित्ने विश्वास लिइएको उनले बताए। उनका अनुसार यो देशभर पुग्न १ महिना लाग्नेछ।

सोमबार नवलपरासीको कावासोतीमा सार्वजनिक गरिएको छक्का चौका दमौली, धनगढी र नेपालगञ्जमा पठाइएको महाप्रबन्धक केसीले जानकारी दिए।

केसीका अनुसार छक्का चौका काठमाडौँमा भने आइतबारसम्म आइपुग्नेछ। आइतबार काठमाडौँमा आइपुगे पनि सुरुमा यो बिगमार्टबाट सार्वजनिक गरिने उनको भनाइ छ।

अर्नाले पछिल्लो समय नेपाली बजारमा ३३० मिलि (पुन्टे) र ६५० मिलिको ठूलो गरी दुई वटा साइजमा बजारमा ल्याएको छ। जसको अधिकतम खुद्रा बिक्री मूल्य १७० र ३३० रुपैयाँ रहेको छ।

क्रिकेट खेलमा सर्वाधिक प्रयोग हुने छक्का चौका शब्दको प्रयोग गर्दा नेपाली क्रिकेटका समर्थकहरुले यस ब्रान्ड मन पराउनुका साथै व्यापारिक हिसाबले सफल हुने अनुमान गरिएको उनले जनाएका छन्।

gold
himalayan life insurance long ad