citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार उहाँहरुबिच मंगलबार दिउँसो भएको भेटवार्तामा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ ।

यसका साथै दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी हुनुहुन्थ्यो । भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको समेत सहभागिता थियो ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आइपुग्नुभएको हो । राष्ट्रपति पौडेलले कतारका अमिर शेखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो ।

विमानस्थलबाट राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट अमिर शीतल निवास पुग्नुभएको हो ।

कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्नुहुने रात्रि भोजमा सरिक हुनुहुनेछ ।

gold
himalayan life insurance long ad
kumari bank