stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.ले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ ।

योेसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ । यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ ।

यो सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेका छन् । बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन् भने टिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडलहरु उपलब्ध रहेका छन् ।

जगदम्बा मोबाइल्स प्रा.लि.का कार्यकारी निर्देशक सक्षम जाटियाले भन्नुभयो, “भारतको अग्रणी वेरेबल ब्राण्ड बोल्टसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो सहकार्यले हाम्रा ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।”

बोल्टका सह–संस्थापक वरुण गुप्ताले भन्नुभयो,“जगदम्बा मोबाइल्स प्रा.लि.सँग विशेष सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । यो सहकार्यले नेपाली युवाहरुलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने हाम्रो साझा प्रतिबद्धतालार्ई प्रतिविम्बित गरेको छ ।

जगदम्बा मोबाइलको व्यापक सञ्जालले अत्याधुनिक प्रविधिलाई सबैका लागि थप पहुँचयोग्य बनाउने छ भन्ने हाम्रो विश्वास रहेको छ । साथै यसले हाम्रो विश्वव्यापी बजार विस्तार गर्न पनि सघाउ पु¥याउनेछ भन्ने हामीले आशा राखेका छौँ ।”

यी सबै मोडलहरु आजबाट दराज लगायत जगदम्बा मोबाईल्सका आधिकारिक रिटेलरहरुमा आकर्षक मूल्यमा उपलब्ध छन् । २०१७ मा वरुण गुप्ता र तरुण गुप्ताद्वारा सह–स्थापना गरिएको बोल्ट पछिल्लो आइडिसि प्रतिवेदन अनुसार भारतमा २०२३ मा सबैभन्दा छिटो वृद्धि भईरहेकोे वेरेबल ब्राण्ड हो ।

बोल्टका अत्याधुनिक हेडफोनहरूदेखि स्पिकरहरूले स्टाइल, नवीनता र उत्कृष्ट ध्वनि प्रदर्शनको उत्कृष्ट मिश्रणलाई मूर्त रूप दिन्छ ।

prabhu mahalaxmi
kumari