stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

‘क्रस बोर्डर’ डिजिटल भुक्तानीमा भारु र परिवर्त्य विदेशी मुद्रामा फरक व्यवस्था हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अन्तरदेशीय (क्रस बोर्डर) डिजिटल भुक्तानीमा भारतीय रुपैयाँ ९भारु० र परिवर्त्य विदेशी मुद्राका लागि फरक(फरक व्यवस्था हुने भएको छ ।

प्रचलित विदेशी विनिमय कारोबार सम्बन्धमा भारु र परिवत्र्य विदेशी मुद्राका लागि फरक–फरक व्यवस्था विद्यमान रहेकाले क्रस बोर्डर डिजिटल भुक्तानीमा पनि सोही व्यवस्था गर्न केन्द्रीय बैंकले प्रस्ताव गरेको छ ।

क्रस बोर्डर भुक्तानी कारोबार गर्न क्युआर कोडलगायत प्रयोग गरी मोबाइल बैंकिङ(इन्टरनेट बैंकिङ तथा अन्तरबैंक भुक्तानीमार्फत गरिने ‘रिटेल पेमेन्ट’ मा समेत नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागबाट फरक व्यवस्था कायमै रहने प्रस्ताव गरिएको हो ।

राष्ट्र बैंकले क्रस बोर्डर डिजिटल भुक्तानी कारोबार गर्न क्युआर कोडलगायत प्रयोग गरी मोबाइल बैंकिङ–इन्टरनेट बैंकिङ तथा अन्तरबैंक भुक्तानी मार्फत गरिने ‘रिटेल पेमेन्ट’ सम्बन्धी प्रस्तावित व्यवस्थाको मस्यौदा सुझावका लागि सार्वजनिक गरेको छ ।

प्रस्तावित मस्यौदाअनुसार भारतमा भुक्तानी गर्दा एकै पटक वा पटक(पटक गरी प्रतिमहिना १ लाख भारुसम्म भुक्तानी गर्न सकिने उल्लेख छ । तर, होटेल, हस्पिटल(हस्पिटल र रिसर्च सेन्टर लगायत समेत ) र औषधि पसलमा गरिने भुक्तानीका हकमा उक्त सीमा लागु हुने छैन ।

परिवर्त्य विदेशी मुद्रामा भुक्तानी हुने हकमा विद्यमान प्रयोजनअनुसार सटही सुविधा सीमासम्म भुक्तानी सुविधा दिने गरी राष्ट्र बैंकले प्रस्ताव गरेको हो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long