citizens life insurance long ad
stcnepal long ad

 नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख २१ हजार रुपैयाँ नाघ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा सुनको भाउले दैनिकजसो नयाँ उचाइ चुमिरहेको छ। आज सोमबार पनि सुनको भाउ नयाँ उचाइ पुगेको हो।

आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन १ लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख २१ हजार रुपैयाँ कायम भएको छ।

आइतबार पनि सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्म उच्च पनि थियो। आज यो रेकर्ड ब्रेक भएर पुनः नयाँ कीर्तिमान कायम भएको छ।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ५४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ४५४ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो भाउ हालसम्मकै उच्च हो।

IME Life
kumari