stcnepal long ad
ime life insurance
national life
global ime bank long

हितग्राही खाता नवीकरण गर्न सिडीएस एण्ड क्लियरिङको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्तालाई डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । सिडीएससीले डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन लगानीकर्ताहरुलाई आग्रह गरेको हो ।

लगानीकर्ताले आफ्नो डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगाबै आफ्नो निक्षेप सदस्यलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

सोहि व्यवस्था अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्न सक्ने सिडिएससीले जनाएको छ ।

हितग्राही खाताको वार्षिक शुल्क असार मसान्तभित्र बुझाउनुपर्नेमा शुल्क नबुझाएका हितग्राहीको हकमा खाता संचालनमा आउने असुविधालाई मध्यनजर गरी साउन १५ गतेसम्म मेरो शेयरसेवा संचालन गर्न दिने र वार्षिक शुल्क नबुझाएका हितग्राही खाता साउन १६ गतेबाट रोक्का राख्ने जनाएको छ ।

IME Lifesidebar
kumari