stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनएमबि बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकको ३०औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को लाभांश पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा भएको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २८३.६५ अर्ब निक्षेप संकलन र २४३.३ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकले हाल देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari