stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एससिटीले ल्यायो ‘माई कार्ड’ सेवा, अब डेबिट कार्डमा आफ्नै फोटो राख्न सकिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘पर्सनराइज्ड कार्ड सेवा’ को औपचारिक सुरुवात गरेको जानकारी दिएको हो।

यो नयाँ सुविधासँगै अब एससिटी नेटवर्क अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो इच्छा अनुसारको फोटो राखेर एससीटी–युनियनपे डेबिट कार्ड लिन सक्नेछन्। ग्राहकले आफ्नो तस्बिर वा आफूलाई मन पर्ने कुनै पनि तस्बिर कार्डमा प्रिन्ट गराउन सक्ने कम्पनीले जनाएको छ।

हालका लागि यो सेवा आईसीएफसी फाइनान्स लिमिटेडबाट सुरु गरिएको छ। आईसीएफसीका ग्राहकले यस योजना अन्तर्गत आफ्नो फोटो सहितको कार्ड प्राप्त गर्न सक्नेछन्।

कम्पनीले यो सेवालाई भविष्यमा भिसा तथा नेपालपे स्किममा समेत सुरु गर्न सकिने गरी विकास गरेको छ। साथै, एससिटी नेटवर्क भन्दा बाहिरका बैंक तथा वित्तीय संस्थाहरूले पनि ‘माई कार्ड’ को प्लेटफर्म प्रयोग गरी आफ्ना ग्राहकलाई यो सेवा प्रदान गर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त एससिटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत कार्ड जारी गर्दै आएको छ। विगत दुई दशकदेखि सुरक्षित र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससिटी नेपालको पहिलो डोमेस्टिक कार्ड स्किम हो।

prabhu mahalaxmi
kumari bank
kumari