stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आउँदो माघ ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

होटलले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा ४ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा बिक्री गर्न लागेको हो।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। अर्थात् यो आईपीओ भर्न घटीमा १ हजार रुपैयाँ र बढीमा २ करोड रुपैयाँसम्म लाग्नेछ। निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘डबल बी माइनस इस्यूअर’ रेटिङ्ग दिएको छ। यसले समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।

पहिलो चरणको आईपीओ बाँडफाँड भएपश्चात् होटलले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।

prabhu mahalaxmi
kumari bank
kumari