stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

उक्त एफपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । संस्थाले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्कासन गरेको हो ।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो ।

संसथाले प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँको ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गरेको छ ।

एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

एफपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

prabhu mahalaxmi
kumari bank
kumari