stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नाडेप लघुवित्त वित्तीय संस्थाले तीन महिनामै ५७ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाए

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तीन महिनामै ५७ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको तीन महीनामा कम्पनीले ४ करोड ९७ लाख २४ हजार रुपैयाँ घाटा बेहोरेको थियो।

चालू आर्थिक वर्षमा कम्पनीको आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो। गत आर्थिक वर्षकोअसोज मसान्तसम्म कम्पनीले ५ करोड ८३ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको असोज मसान्तसम्म ९ करोड ६ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यसैगरी गत आर्थिक वर्षको तीन महिनामा कम्पनीले ५ करोड २ लाख ३६ हजार रुपैयाँ सञ्चालन घाटा बेहोरेकोमा चालू आवको तीन महीनामा ८२ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ।

यता कम्पनीको कुल सञ्चालन आम्दानी ६ करोड ९० लाख १६ हजार रुपैयाँबाट बढेर १० करोड १४ लाख ६० हजार रुपैयाँ पुगेको छ भने सञ्चालन खर्च ९ करोड १ लाख ६५ हजार रुपैयाँबाट घटेर ७ करोड ९८ लाख ७६ हजार रुपैयाँमा झरेको छ।

गत आवको असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १०.२४ रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा ४.७५ रुपैयाँ धनात्मक भएको छ। यद्यपि समीक्षा अवधिमा कम्पनीको खराब कर्जा भने १०.५१ प्रतिशतबाट बढेर १५.७१ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५२.२४ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ४८ करोड ५७ लाख ५० हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ३५ करोड ११ लाख २५ हजार रुपैयाँ सञ्चिति छ भने जगेडा कोषमा ८ करोड ७६ लाख ६७ हजार रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीले ५ अर्ब ६६ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

kumari bank
kumari
nawakantipur long