stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

अल्टिमेट एआई पार्टी फोन रियलमी १५ प्रो ५जी अब नेपालमा उपलब्ध

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विश्वको अग्रगामी स्मार्टफोन ब्रान्ड रियलमी ले आफ्नो नयाँ रियलमी १५ प्रो ५जी नेपालमा विक्री सुरु गरेको जनाएको छ ।

उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर, र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ आएको यो मोडललाई कम्पनीले नेपालको अल्टिमेट एआई पार्टी फोनका रूपमा प्रस्तुत गरेको छ, विशेषगरी युवा वर्गलाई लक्षित यो फोनमा सिर्जनशीलता, प्रदर्शन र शैलीलाई प्राथमिकता दिएको छ।

नेपालभरका  रियलमी आधिकारीक  विक्रेतामा  उपलब्ध यो  स्मार्टफोन  १२ जीबी + २५६ जीबी (रु. ६६,९९९) र १२जीबी + ५१२जीबी (रु. ७१,९९९) भेरियन्टमा पाउन सकिन्छ । यो मोडल फ्लोइङ सिल्भर र भेल्भेट ग्रीन नामका दुई आकर्षक रंगमा उपलब्ध छ ।

रियलमी १५ प्रो ५जी ले समावेश गरेका केही प्रमुख फिचरहरू ४ के ६० एफपीएस भिडियो रेकर्डिङ, ६५०० निट्स अल्ट्रा–ब्राइट डिस्प्ले, ७००० एमएएच् ब्याट्री र ८० डब्लू फास्ट चार्जिङ, साथै १४४ हर्ज अल्ट्रा–स्मूथ स्क्रिनले यसलाई आफ्नो श्रेणीमै विशेष बनाएको छ ।

यसमा रहेको सोनी आईएमएक्स ८९० ओआईएस सहितको ट्रिपल ५० एमपी अल्ट्रा क्लियर क्यामेरा सिस्टम, ५० एमपी हाई–रेज फ्रन्ट क्यामेरा, र स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर ले फोटोग्राफी, भिडियो, गेमिङ र दैनिक काम सबैमा उत्कृष्ट प्रदर्शन प्रदान गर्छ ।

साथै, आईपी६९/आईपी६८/आईपी६६ पानी तथा धुलो प्रतिरोध, कर्निङ ग्लास सुरक्षा, ७००० एमएम² एअरफ्लो भिसी कूलिङ सिस्टम, र पल्स लाइट डिजाइन जस्ता फिचरहरूले यसलाई कार्यक्षमता र डिजाइन दुवैमा सशक्त बनाएको छ ।

मिड–प्रिमीयम श्रेणीलाई लक्षित गर्दै ल्याइएका यस मोडलमार्फत रियलमीले नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा राखेको छ ।

समग्रमा, फोटोग्राफी देखि मनोरञ्जन र दैनिक कामसम्म, रियलमी १५ प्रो ५जी ले प्रयोगकर्तालाई भरोसायोग्य प्रदर्शन र आधुनिक, स्टाइलिश अनुभव प्रदान गर्नेछ ।

 

 

kumari bank
kumari
nawakantipur long