stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसियन कप छनोटमा नेपाल मलेसियासँग १–० गोलले पराजित भएको छ । मलेसियामा हिजो भएको खेलमा घरेलु टोलीका लागि फैसल हलिमले गरेको गोल नै निर्णायक भयो ।

दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको थियो । पहिलो लेगमा नेपाल मलेसियासँग २–० ले हारेको थियो ।

नेपालले छनोटसहित लगातार आठौं खेलमा जित निकाल्न सकेन । गएको मार्चमा सिंगापुरलाई १–० ले हराएपछि नेपालले ५ खेलमा हार र तीन खेलमा बराबरीको नतिजा निकालेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long