stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज बलाचतुर्दशी पर्व मनाइँदै छ । हरेक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदैछ ।

मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा (मंगलबार राति)  दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन् । शतबीज छर्न पशुपतिनाथ लगायत शिवमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long