धौलागिरी लघुवित्तको नाफा १२०.५७ प्रतिशतले बढ्यो
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यसअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा २५ लाख ९५ हजार खुद नाफा कमाएको छ । यो त्रैमासमा कम्पनीको नाफा १२०.५७ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीको नाफा १ करोड २६ लाखले ऋणात्मक रहेको थियो ।
चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी ७८ प्रतिशतले बढेर ३ करोड ४६ लाख पुगेको छ । जसका कारण कम्पनीको खुद नाफा बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १ करोड ९४ लाख रहेको थियो ।
त्यसैगरी कम्पनीको प्रतिसेयर मूल्य १०७ प्रतिशतले बढेर १७१.७५ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर मूल्य ८२.८९ रुपैयाँ रहेको थियो । कम्पनीको सेयर क्यापिटल १३ करोड ३१ लाखभन्दा धेरै छ ।


























